महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार रुपैयाँ दिइने उनले बताए ।

गत साता भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

'सामाजिक सञ्जालको दुरुपयोगले कर्जा रिकभरीमा समस्या आयो, कसुर तोक्नुपर्छ' Read Previous

'सामाजिक सञ्जालको दुरुपयोगले कर्जा रिकभरीमा समस्या आयो, कसुर तोक्नुपर्छ'

मर्जरपछि बनेको 'सम्पदा लघुवित्त'को सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ? Read Next

मर्जरपछि बनेको 'सम्पदा लघुवित्त'को सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?