काठमाडौं । आगामी हप्ता सेयर बजार ३ दिन मात्र खुल्ने भएको छ ।
नियमित समयमा साताको ५ दिन खुल्दै आएको सेयर बजार आगामी हप्ता २ दिन सार्वजनिक बिदा परेकाले ३ दिन मात्र खुल्ने भएको हो ।
नेप्से आगामी सोमबार र मंगलबार (भदौ ३ र ४ गते) लगातार दुई दिन बन्द हुने भएको छ । सोमबार जनै पूर्णिमा र मंगलबार गाइजात्रा (उपत्यकामा मात्र) भएकाले सार्वजनिक बिदा छ ।
नेप्से आइतबार, बुधबार र बिहीबार मात्र खुल्नेछ । शुक्रबार सार्वजनिक बिदा नभए पनि सेयर कारोबार हुँदैन ।