काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृत्तीय) मा ३४ जना, प्रशासनतर्फ नै सहायक (सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक सूचना प्रविधि पदमा ५ जना गरी कुल ५२ जना कर्मचारी माग गरिएको हो ।
खुला प्रतियोगिता मार्फत हुने पदपूर्तीका लागि योग्य नेपाली नागरिकले आजदेखि भदौ २० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २७ गतेसम्म आवेदन दिन पाउने छन् ।
उमेदवारको योग्यता पद अनुसार तोके बमोजिम हुनुपर्नेछ ।