प्रभु बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्व एयरको सेवामा विशेष छुट पाउने भएका छन् ।दुई संस्था बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट पाउने छन् ।

बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो ।

प्रभु बैंकले हाल देशभरका ३१५ शाखा कार्यालय, २८६ एटीएम, ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेप्सेमा सूचीकृत ६ होटल : चन्द्रागिरिको नाफा दोब्बर बढ्दा सिटी २० करोड घाटामा Read Previous

नेप्सेमा सूचीकृत ६ होटल : चन्द्रागिरिको नाफा दोब्बर बढ्दा सिटी २० करोड घाटामा

महालेखा परीक्षकको ६१औं प्रतिवेदन राष्ट्रियसभामा पेस Read Next

महालेखा परीक्षकको ६१औं प्रतिवेदन राष्ट्रियसभामा पेस