सोनापुर मिनरल्स ४७ करोड घाटामा

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड घाटामा गएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा रहेको हो ।

जबकि, अघिल्लो आव २०७९/८० मा सोनापुर २ करोड ६२ लाख रुपैयाँ नाफामा थियो । यस अवधिमा कम्पनीको बिक्री आम्दानी, अन्य आम्दानी घट्नुका साथै बिक्री लागत बढ्दा घाटामा गएको हो ।

गत वर्ष कम्पनीको संचालन आम्दानी ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

कम्पनीको अन्य आम्दानी ९९.१२ प्रतिशतले घटेर ६ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्रिी लागत २४ करोड बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

हाल ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य प्रिमियममा १ अर्ब ६५ करोड र जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ छ ।

नोक्सानीमा गएसँगै कम्पनीको १५.२६ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ छ ।

हाथवे इन्भेष्टमेन्टको नाफा साढे ५ गुणाले बढ्यो, रिटेन्ड अर्निङमा ३७ करोड संचित Read Previous

हाथवे इन्भेष्टमेन्टको नाफा साढे ५ गुणाले बढ्यो, रिटेन्ड अर्निङमा ३७ करोड संचित

रिपब्लिक मिडियाको खुद नाफा ४ गुणाले बढ्यो, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक Read Next

रिपब्लिक मिडियाको खुद नाफा ४ गुणाले बढ्यो, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक