हाथवे इन्भेष्टमेन्टको नाफा साढे ५ गुणाले बढ्यो, रिटेन्ड अर्निङमा ३७ करोड संचित

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खसद नाफा ४५०.५९ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्म ८ करोड ३९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ६ करोड ८७ लाख रुपैयाँ धेरै हो । कम्पनीले अघिल्लो वर्ष १ करोड ५२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी बढ्दा र खर्च घट्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६६.०४ प्रतिशतले बढेर २५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च १७.२३ प्रतिशतले घटेर ११ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

हाल १ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३७ करोड २१ लाख रुपैयाँ संचिति छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७५ पैसाबाट बढेर ३.२६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७७.८६ रुपैयाँ छ ।

सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी झण्डै साढे ६ अर्ब, खुद नाफा कति ? Read Previous

सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी झण्डै साढे ६ अर्ब, खुद नाफा कति ?

सोनापुर मिनरल्स ४७ करोड घाटामा Read Next

सोनापुर मिनरल्स ४७ करोड घाटामा