काठमाडौं । सानिमा बैंकका ग्राहकले चितवनको कुरिनटारस्थित रिभरसाइड स्प्रिङस रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड रिसोर्टका विभिन्न सेवाहरूमा १० प्रतिशतको छुट पाउने छन् ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुट सम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।