प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।

सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

मन्त्री चौरसियाले सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताए । उनले विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिङस रिसोर्टमा विशेष छुट पाउने Read Previous

सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिङस रिसोर्टमा विशेष छुट पाउने

सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी झण्डै साढे ६ अर्ब, खुद नाफा कति ? Read Next

सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी झण्डै साढे ६ अर्ब, खुद नाफा कति ?