काठमाडौं । ललितपुरको इमाडोलको सडकमा झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको छ ।
इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३, बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।
सकडमा भ्वाङ परेपछि अहिले सवारी आवागमन अवरुद्ध भएको छ । सडक भासिनुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौं कमलादीस्थित टुकुचा खोलामाथि बनाइएको सडक पनि भासिएको थियो । काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको थियो । उक्त सडकमा पनि अहिले सवारी आवगमन बन्द छ ।