पोर्चुगलमा घुम्ती शिविरमा झण्डै ४ हजारले लिए पासपोर्ट, ७ करोड राजस्व संकलन

पोर्चुगल । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८२९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड २० लाख ११ हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा उछाल, रिजर्भमा २.६२ अर्ब संचित Read Previous

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा उछाल, रिजर्भमा २.६२ अर्ब संचित

इमाडोलको सडकमा ३ मिटर भ्वाङ पर्यो, सवारी आवगमन बन्द Read Next

इमाडोलको सडकमा ३ मिटर भ्वाङ पर्यो, सवारी आवगमन बन्द