काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोजले ३१ जना चालक माग गरेको छ । आयोगले १३ जना बाहीरबाट र १८ जना आन्तरिक पद पूर्तीबाट राख्ने गरि ३१ जना चालक माग गरेको हो ।
खुल्ला प्रतियोगिताबाट ३ जना सुरक्षा गार्ड र ६ जना कार्यालय सहयोगी समेत माग गरेको छ । आयोगले हलुका सवारी चालक सहरका सवारी चालक बाह्य प्रतिस्पर्धा बाट १३ जना मागेको छ । जसमध्ये २ जना महिला, २ जना आदिवासी÷जनजाती, २ जना मधेशी, १ जना दलित र ६ जना खुल्ला प्रतिस्पर्धा बाट छनोट गरिने छ ।
त्यस्तै हलुका सवारी चालकतर्फ नै आन्तरिक प्रतियोगिताबाट १८ जना चालकको पद पूर्ती गरिने छ । मंगलबारको गोरखापत्रमा राष्ट्रिय मानव अधिकार आयोगले उक्त संख्यामा चालक माग गरेको हो ।
आन्तरिक प्रतियोगिताबाट सुरक्षा गार्ड २१ जना र कार्यालय सहयोगी ३० जना माग गरेको छ ।