
काठमाडाैं । सन् २०१८ मा हवाईमार्गबाट भारतीय बाहेक ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएको तथ्याङक छ । त्यो अघिल्लो वर्ष २०१७ कोभन्दा करिब २५ प्रतिशतले बढी हो । २०१८ मा नेपाल घुम्न आउने सवैभन्दा बढी पर्यटक भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतबाट आएको देखिन्छ ।
नेपालमा पर्यटकको संख्या वृद्धि भएपनि पर्यटकले गर्ने दैनिक खर्चभने घट्दै गएको तथ्याङ्कले देखाएको छ । सन् २०१७ मा ५४ अमेरिकी डलर प्रतिदिन खर्च गर्ने पर्यटक आएकोमा सन् २०१८ मा आउने पर्यटकले ४४ डलर मात्र खर्च गरेका छन् ।
‘भारतबाट आउने पर्यटकको संख्या वृद्धि, एकदिने लुम्बिनी बसाईको प्याकेज, चिनियाँ पर्यटकले आफ्नै गाइड ल्याउनु तथा अन्य देशबाट खर्च गर्ने हैसियत कम भएका पर्यटकको आगमनले प्रति पर्यटक दैनिक खर्चमा कमि आएको हो’ नेपालमा पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले चाणक्यपोष्टसँग भने । बजेट एयरलाईन्सको कारणपनि बढी खर्च गर्न सक्ने पर्यटक नेपाल नआउने बराल बताउँछन् ।
नेपालमा पर्यटकलाई न्युनतम खर्चको सिमा तोकिएको छैन, यसले पनि प्रति पर्यटक खर्च कम भएको हो । छिमेकी देश भुटानमा एउटा पर्यटकले दैनिक हवाई टिकट बाहेक २ सय ५० डलर अनिवार्य खर्च गर्नु पर्छ तर, नेपालमा खर्चको सिमा तोकिएको छैन ।
सन् २०१८ मा नेपालमा पर्यटकको औसत बसाई १२.४ दिन रहेको छ । २०१७ मा भने यस्तो बसाई १२.६ दिनको थियो । यद्यपी आर्थिक बर्ष २०७४/०७५ मा पर्यटन क्षेत्रले ६७ अर्व ९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो ।
पर्यटन क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनमा २.२ प्रतिशत योगदान गरिरहेको छ भने, भुक्तानी सन्तुलन कायम राख्न सकारात्मक योगदान दिएको छ ।
सर्वाधिक पर्यटक भित्र्याउने देश
पाँच देशले कुल पर्यटकको ४९ प्रतिशत हिस्सा ओगटेका छन् । पछिल्लो समय चीन, थाईल्याण्ड र श्रीलङ्काबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
सन् २०१८ को तथ्याङ्क अनुसार देशगत पर्यटकको आगमन सूची हेर्नुहोस :
यी हुन् सर्वाधिक पर्यटनबाट कमाइ गर्ने देश
विश्वले नै पर्यटनलाई उद्योगको रुपमा विकास गर्दै आएको छ । पर्यटन क्षेत्रबाट मनग्य आम्दानी गर्ने मुलकहरुको लामैसूची पाउन सकिन्छ । आम्दानीको हिसाबले संसारका १० धेरै आम्दानी गर्ने मुलुकमा अमेरिका, स्पेन, फ्रान्स, थाइल्याण्ड, बेलायत, जर्मनी, फ्रान्स, चीन, इटली, हंङकङ र अष्ट्रेलिया रहेका छन् ।
पर्यटक आगमन हुने संख्याको आधारमा भने फ्रान्स पहिलो देश रहेको छ । तलको तालिकामा हेर्न सकिन्छ ।