मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीकोे खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६७.०८ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्म २ करोड ७९ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १ करोड ७५ लाख रुपैयाँ धेरै हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ७०.१४ प्रतिशतले बढेर ६६ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कुल आम्दानी ५५.७८ प्रतिशतले बढेर १६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको संचालन खर्च ६०.३३ प्रतिशतले बढेर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्वीटी ३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.१३ रुपैयाँले बढेर ४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ ९४.६९ रुपैयाँ रहेको छ ।

घोराही सिमेन्ट १ अर्ब २१ करोड घाटामा, रिटेन्ड अर्निङमा भने सवा २ अर्ब संचित Read Previous

घोराही सिमेन्ट १ अर्ब २१ करोड घाटामा, रिटेन्ड अर्निङमा भने सवा २ अर्ब संचित

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब, लाभांश क्षमता कति ? Read Next

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब, लाभांश क्षमता कति ?