घोराही सिमेन्ट १ अर्ब २१ करोड घाटामा, रिटेन्ड अर्निङमा भने सवा २ अर्ब संचित

काठमाडौं । घोराही सिमेन्ट नोक्सानी उल्लेख्य रुपमा बढेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ घाटामा छ ।

जबकि घोराही अघिल्लो आव २०७९/८० मा ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो । पछिल्लो ३ महिनामा मात्रै कम्पनीको नोक्सानी ५७ करोड ६३ लाख रुपैयाँले बढेको छ । चैतसम्म घोराही ६४ करोड २५ लाख रुपैयाँ घाटामा रहेको थियो ।

बिक्री आम्दानी, बिक्री लागत र खर्च बढ्दा कम्पनी ठूलो नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.३० प्रतिशतले घटेर ४ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ४ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै, बिक्री लागत ३ अर्ब ६३ करोड रुपैयाँबाट बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च बढेर ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, वित्तीय खर्च ७९.२५ प्रतिशतले बढेर ७६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

हाल ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब १९ करोड, अन्य जगेडा कोषमा ७ करोड ९० लाख र सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ संचित छ।

समीक्षा अवधिसम्म कम्पनीको दीर्घकालीन ऋण ६ अर्ब ७३ करोड र अल्पकालीन ऋण ३ अर्ब ३० करोड रुपैयाँ छ ।

घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँ ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०७.९३ रुपैयाँ छ ।

हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, अधिकांश सूचकमा उल्लेख्य सुधार Read Previous

हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, अधिकांश सूचकमा उल्लेख्य सुधार

मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, ईपीएस कति ? Read Next

मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, ईपीएस कति ?