डेडिकेटेड र ट्रंक लाइनको महसुल १ रुपैयाँ पनि छाड्न पाइन्न : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्योगीलाई डेडिकेटेड र ट्रंक लाइन महसुलमा १ रुपैयाँ पनि छुट दिन नमिल्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारले यसअघिका कुनै पनि निर्णयहरू भन्दा अलग भएर जान नसक्ने बताएका हुन् ।

‘सरकार त निरन्तर हुन्छ । आयोगको निर्णय, अदालतको आदेश र संसदीय समितिको निर्णयमा टेक्नैपर्छ,’ उनले भने, ‘ बक्यौता नउठाउन पाइन्छ ?, एक रुपैयाँ पनि छोड्न पाइन्न । कसैको लहड र आदेशले हुँदैन । विधिको शासन हुनुपर्छ ।’

डेडिकेटेड र ट्रंक लाइनको सन्दर्भमा सरकारले प्रष्ट भन्नुपर्ने उनले बताए । कसैले बिजुली प्रयोग गरेको छ भने त्यो सरकारले छाड्न नहुने उनको भनाइ छ ।

उनले यसअघिका सरकार र संसदीय समितिले गरेका निर्णयबाट सरकार पछि हट्न नसक्ने बताए । ‘कुनै पनि नयाँ सरकारले यो सबैबाट अलग भएर निर्णय गर्न पाउँछ ? सरकार त निरन्तरता हो । यसअघिको सरकारले बनाएको आयोगको निर्णयलाई टेक्नै पर्छ । अदालतको आदेशलाई टेक्नैपर्छ । संसदीय समितिको निर्देशनलाई टेक्नैपर्छ,’ उनले भने ।

उनले यो विषय धेरै नै विवादित भएकाले यसअघिका आयोग र समितिले जे भनेका छन् सोही अनुसार समाधान गर्नुपर्ने बताए ।

नेप्सेमा करेक्सन, पौने ६ अर्बले घट्यो कारोबार Read Previous

नेप्सेमा करेक्सन, पौने ६ अर्बले घट्यो कारोबार

नेप्सेमा सन नेपाल लाइफको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा सन नेपाल लाइफको बोनस सेयर सूचीकृत