नेप्सेमा करेक्सन, पौने ६ अर्बले घट्यो कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन आएको छ । चार दिनमै २८० अंकले बढेको नेप्सेमा आज ८ अंकको करेक्सन आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबारमा ५ अर्ब ७३ करोड रुपैयाँ घटेर २१ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ । सोमबार कीर्तमानी २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा आइपुगेको छ । आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको १३ मध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ समूहको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढेको छ भने होटल समूहको २.२५ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ८१ करोड ९९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्यारेन्सको ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ८० कम्पनीको मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मातृभूमि लघुवित्त, पिपुल्स पावर र दोल्ती पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, गुडविल फाइनान्स र न्यादी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक ९.९३ प्रतिशत गुमाएका छन् ।

 

आन्दोलनको असर, बंगलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च Read Previous

आन्दोलनको असर, बंगलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च

डेडिकेटेड र ट्रंक लाइनको महसुल १ रुपैयाँ पनि छाड्न पाइन्न : गगन थापा Read Next

डेडिकेटेड र ट्रंक लाइनको महसुल १ रुपैयाँ पनि छाड्न पाइन्न : गगन थापा