कुमारी बैंकले पुस १४ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । कुमारी बैंकले पुस १४ गते देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

 

बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रको भुक्तानी अवधि १० वर्ष रहेको छ भने वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

 

कूल ३ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ।

 

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको लागि आवेदन गर्न पाउनेछन्।ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आवेदन दिन सकिनेछ।ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबीबीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपछि पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्।

भारत निर्यात ४५ प्रतिशतले बढ्दा व्यापार घाटा ९ प्रतिशतले घट्यो Read Previous

भारत निर्यात ४५ प्रतिशतले बढ्दा व्यापार घाटा ९ प्रतिशतले घट्यो

हावाबाट बिजुली निकाल्न शुरु Read Next

हावाबाट बिजुली निकाल्न शुरु