नेपाल लाइफको खुद नाफा ५१ करोड, रिटेन्ड अर्निङमा कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०.८१ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवको असार मसान्तसम्म ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १२ करोड रुपैयाँ धेरै हो । कम्पनीले अघिल्लो वर्ष ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आयबाट हुने आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल दाबी भुक्तानी १२.९५ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ११.५८ प्रतिशतले बढेर ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख र महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.४७ रुपैयाँले बढेर ६.२६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२९.११ रुपैयाँ छ ।

बिजुली बेचेर पौने ९ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ? Read Previous

बिजुली बेचेर पौने ९ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ?

एचआइडीसीएलको १.६८ करोड कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ? Read Next

एचआइडीसीएलको १.६८ करोड कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?