क्रसर उद्योग नवीकरण नभए ४ अर्ब डुब्ने, व्यवसायीले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको ७०० क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घले जनाएको छ ।

महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब ४ अर्ब रुपैयाँ लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

नेप्सेमा सूचीकृत ५ कम्पनी 'खर्बपति' क्लबमा प्रवेश Read Previous

नेप्सेमा सूचीकृत ५ कम्पनी 'खर्बपति' क्लबमा प्रवेश

भदौ ४ देखि कुवेतमा फेरि उडान सुरू गर्दै हिमालयन एयरलाइन्स Read Next

भदौ ४ देखि कुवेतमा फेरि उडान सुरू गर्दै हिमालयन एयरलाइन्स