काठमाडौं । कृषि सामग्री लिमिटेडले ५५ हजार मेट्रिकटन युरीया मल खरिदका लागि ठेक्का आह्वान गरेको छ ।
कम्पनीले सोमबार ३० हजार मेट्रिकटन युरिया र २५ हजार टन डीएपी मल खरिदका लागि ‘ई बिडिङ’मार्फत ठेक्का आह्वान गरेको हो ।
इच्छुक कम्पनी/व्यक्तिले सेम्टेम्बर १२ (भदौ २७ गते)सम्म कृषि सामग्री कम्पनीमा बोलपत्र पेश गर्नुपर्नेछ ।
गहुँ लगायत हिउँदे बालीका लागि उक्त मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीसँग हाल ४३ हजार २४१ मेट्रिकटन मल मौज्दात रहेको छ ।