अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्री बीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरू बीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देश बीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् ।

५५ हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का आह्वान Read Previous

५५ हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का आह्वान

नबिल बैंकको 'एसएसई फेलोशिप'को चौथो चरणको आवेदन खुला Read Next

नबिल बैंकको 'एसएसई फेलोशिप'को चौथो चरणको आवेदन खुला