स्टार्टअप एण्ड इन्नोभेसन मेलामा रोबोटको फुटवलदेखि सेटेलाइटसम्म

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको फ्युजमेशिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शुक्रवारबाट सुरु भएको छ ।

 

मेला आज शनिवारसम्म सञ्चालन हुनेछ । थापागाँउ स्थित प्रेसिडेन्टियल स्कुलमा आयोजना भइरहेको कार्यक्रममा ५० भन्दा बढि स्टार्टअप तथा कलेजका विद्यार्थीहरुका प्रोजेक्ट प्रदर्शनीमा राखिएको छ ।

 

शुक्रवार मोबाइलबाट पानसमा बत्ति बालेर कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले उद्घाटन गरेका थिए । सरकार डिजिटल नेपालको अभियानमा हिडिरहेको र यस प्रकारका कार्यक्रमले उद्देश्य पुरा गर्न सहयोग गर्ने बताए ।

 

सुचना प्रविधि मन्त्रालयका सह सचिव बिरेन्द्र मिश्र क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रोफेसर डा. सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानको बारेमा चर्चा गरेका थिए ।

 

प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरु, विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरुको फुटवल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबर्ट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका छन् ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गको काम अन्तिम चरणमा Read Previous

भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गको काम अन्तिम चरणमा

उपत्यकामा बन्ने नयाँ सहरमा यस्तो छ जग्गाको मूल्य Read Next

उपत्यकामा बन्ने नयाँ सहरमा यस्तो छ जग्गाको मूल्य