आइएमई पेले पायो ‘सिसा पीसीआई डीएसएस ४.०’ प्रमाणीकरण

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘सिसा पीसीआइ डीएसएस ४.०’ प्रमाणीकरण प्राप्त गरेको छ ।

आइएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था बनेको कम्पनीले जनाएको छ । यसले कम्पनी सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतिय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

आफ्नो स्थापनाकाल देखि नै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीसआइ डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपछि नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्याएर नवीकरण गरेको छ।

आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

साहस ऊर्जाको नाफा झण्डै ४ गुणा बढ्यो, रिजर्भमा २.५६ अर्ब Read Previous

साहस ऊर्जाको नाफा झण्डै ४ गुणा बढ्यो, रिजर्भमा २.५६ अर्ब

खाली कन्टेनरले भरियो सिर्सिया बन्दरगाह, नहटाउँदा समस्या Read Next

खाली कन्टेनरले भरियो सिर्सिया बन्दरगाह, नहटाउँदा समस्या