युनिलिभरको खुद नाफा झण्डै २ अर्ब, प्रतिसेयर आम्दानी २१४४ रुपैयाँ

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालको खुद नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथोे त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.६३ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म कम्पनीले १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८३ करोड ४३ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।

उत्पादन बिक्री आम्दानी बढ्दा बढे पनि खर्च घट्दा र अन्य आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.२३ प्रतिशतले घटेर ८ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन आम्द्यानी २.८४ प्रतिशतले घटेर ८ अर्ब २३ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ अर्ब ४८ करोड रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले खर्च ५.८० प्रतिशतले घटाउन सफल भएको छ । अघिल्लो वर्ष ६ अर्ब ४३ करोड रहेको कम्पनीको खर्च गत वर्ष घटेर ६ अर्ब ६ करोड रुपैयाँमा झरेको छ ।

हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब ७७ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९८८ रुपैयाँबाट बढेर वार्षिक २१४४ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ५५१ रुपैयाँ बढेर ५ हजार २८५ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५० हजार रुपैयाँ रहेको छ ।

मुग्लिन-पोखरा सडक : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र Read Previous

मुग्लिन-पोखरा सडक : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

साहस ऊर्जाको नाफा झण्डै ४ गुणा बढ्यो, रिजर्भमा २.५६ अर्ब Read Next

साहस ऊर्जाको नाफा झण्डै ४ गुणा बढ्यो, रिजर्भमा २.५६ अर्ब