जीवन विकास लघुवित्तको नाफा १८ करोड बढ्यो, लाभांश क्षमता ६४ प्रतिशत

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४३.६७ प्रतिशतले बढेको छ ।

लघुवित्तले गत असार मसान्तसम्म ५८ करोड २२ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा झण्डै १८ करोड रुपैयाँ धेरै हो । अघिल्लो आवमा लघुवित्तले ४० करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.९१ प्रतिशतले बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ४३.६७ प्रतिशतले बढेर ८३ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १० अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल २६ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा २६ करोड ६५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ८६ करोड ८२ लाख रुपैयाँ छ । यसबाट कम्पनीले ६४.४३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८.९३ रुपैयाँ बढेर ४३.२१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २७१.०३ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा झण्डै दोब्बरले बढेको छ । अघिल्लो वर्ष २.३९ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा गत आवमा बढेर ४.६६ प्रतिशत पुगेको छ ।

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५७% बढ्यो, ईपीएस कति ? Read Previous

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५७% बढ्यो, ईपीएस कति ?

मुग्लिन-पोखरा सडक : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र Read Next

मुग्लिन-पोखरा सडक : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र