हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण भएका छन् । बैंकले सिभिल बैकलाई गाभेपछि एकै स्थानमा रहेका दुई शाखामध्ये एउटा शाखा अन्यत्रै स्थानान्तरण गरेको हो ।

बैंकका अनुसार ललितपुरको जाउलाखेल शाखालाई ललितपुर महानगरपालिका वडा नं. २७, सुनाकोठीमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, जनकपुरको भानुचोकको शाखालाई धनुषाको पिडारी चोकमा स्थानान्तरण गरेको छ । बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरेका थिए ।

स्थानान्तरण गरिएका दुवै शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले हाल देशभरका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन Read Previous

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन

खस्किँदै नेपाल पुनर्बीमा कम्पनी, अधिकांश सूचकमा गिरावट Read Next

खस्किँदै नेपाल पुनर्बीमा कम्पनी, अधिकांश सूचकमा गिरावट