बाँकेको नमस्ते सहकारीले ठगेको भन्दै ६०० उजुरी

नेपालगञ्ज । बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ ।

हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६०० बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।

‘अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,’ प्रनाउ डाँगीले भने । प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी सङ्कलन गरेको जनाएको छ ।

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह Read Previous

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह

नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत