इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन

काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ ।
उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै उनले छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातहरुको आधिकारिकताको जाँच गर्नाका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए ।
.उनले आजै एक विज्ञप्ति जारी गरी नेपाल र इजरायलबीच भएको द्विपक्षीय जिटुजी सम्झौता कार्यान्वयन गर्न यस मन्त्रालय सदैव तयार रहेको तथा जिटुजीमार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालमा मल कारखाना खोल्न चीनले सघाउने, लगानी स्वीकृत हुने बित्तिकै काम थालिने Read Previous

नेपालमा मल कारखाना खोल्न चीनले सघाउने, लगानी स्वीकृत हुने बित्तिकै काम थालिने

निर्माण गतिविधि सुस्तको असर सिमेन्ट उद्योगमा, शिवम्को नाफा ५८% घट्यो Read Next

निर्माण गतिविधि सुस्तको असर सिमेन्ट उद्योगमा, शिवम्को नाफा ५८% घट्यो