चीनले बनायो प्रतिघण्टा १ हजार किमी गुड्ने रेल, परीक्षण सफल

काठमाडौं । यातायात क्षेत्रमा तीव्र छलाङ मार्दै आएको चीनले प्रतिघण्टा १ हजार किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।

चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १ हजार किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको हो ।

यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो । यूएचएस म्याग्लेभ यातायात प्रणालीले याङग्वयोमा सन् २०२२ अप्रिलदेखि रेलको निर्माण सुरु गरेको थियो ।

चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनका अनुसार रेल परीक्षणपछिको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको छ ।

परीक्षणमा उच्च गति र सस्पेन्सन उचाइ एकनासको रहेको रिपोर्ट आएको छ । रेलका सबै प्रणालीले सामान्य रूपमा काम गरेको र सैद्धान्तिक रूपमा तयार पारिएको आकलन अनुसार काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो रेल म्याग्लेभ प्रविधि (चुम्बकीय) शक्तिका कारण चल्छ । म्याग्लेभ प्रविधिले गर्दा रेल चुम्बकको शक्तिले जमिनमा बनाइएको ट्रयाकमाथि गुड्छ ।

भविष्यमा यो प्रणाली चीनको ठूला शहरहरू बीचको यातायातका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । जसले बेइजिङदेखि सांघाईको यात्रा लगभग डेढ घण्टामा गर्न सक्छ ।

विद्युत चुहावट आधा घट्यो, वार्षिक थप १२ अर्ब आम्दानी Read Previous

विद्युत चुहावट आधा घट्यो, वार्षिक थप १२ अर्ब आम्दानी

चुक्ता पूँजीको १० प्रतिशत आइपीओ बेच्दै प्राधिकरण, रेटिङ 'डबल ए प्लस' Read Next

चुक्ता पूँजीको १० प्रतिशत आइपीओ बेच्दै प्राधिकरण, रेटिङ 'डबल ए प्लस'