टाटा मोटर्सको ‘श्रावणमै दशैं’ अफर 

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले ‘श्रावणमै दशैं’ कार्यक्रम आयोजना गर्न लागेको छ ।

कम्पनीले साउन २५ गतेदेखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको हो । एक्सचेन्ज कार्यक्रम टाटा मोटर्सको शोरुम थापाथलीसहित देशैभरका शोरुमहरूमा संचालन हुने कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको टियागो ईभी साट्न सक्नेछन् । साथै, निःशुल्क अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरू पाउने छन् ।

यस्तै, ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा १५ प्रतिशत छुट Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा १५ प्रतिशत छुट

तनहुँमा नागरिकताभन्दा राहदानी लिने धेरै Read Next

तनहुँमा नागरिकताभन्दा राहदानी लिने धेरै