चार उद्योगले जरिवानासहित तिरे डेडिकेटेड र ट्रंक लाइनको बक्यौता

काठमाडौं । भैरहवा क्षेत्रका ४ उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता रकम बुझाएका छन् ।

यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महशुल बुझाएका हुन् ।

यी उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका अनुसार यशोदा फुड्सले ४ लाख २५ हजार २३१, जय दुर्गा प्लास्टिकले ७० हजार ५३२ रुपैयाँ, सोना प्याकेजिङले ३ लाख ५५ हजार रुपैयाँ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८० रुपैयाँ बक्यौता बुझाएका हुन् ।

भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत अझै ६ वटा उद्योगले बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सिमेन्टको सेयरमा उच्च आकर्षण, यी ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सिमेन्टको सेयरमा उच्च आकर्षण, यी ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

हवाई सुरक्षामा लापारबाही गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन Read Next

हवाई सुरक्षामा लापारबाही गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन