बढ्यो हेलिकप्टर भाडा : दार्चुलाको १४ लाख, कुन गन्तव्यको कति ?

काठमाडौं । हेलिकप्टर कम्पनीहरूले चार्टर्ड उडानको भाडा बढाएका छन् । आगामी असोज १५ (अक्टोबर १) देखि लागू हुने गरी हेलिकप्टर कम्पनीहरूले विभिन्न गन्तव्यको भाडादर बढाएका हुन् ।

हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गत जेठ २१ गते गरेको सहमति अनुसार विभिन्न गन्तव्यको भाडा ४ देखि ५ प्रतिशतसम्म बढाएका हुन् ।

एयर डाइनेष्टी, अल्टिट्युड,  फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले भाडा बढाउने सहमति गरेका थिए ।

हेलिकप्टर कम्पनीका अनुसार एभरेष्ट क्षेत्र अन्तर्गत हुने चार्टर्ड उडानको भाडादर १०० देखि २०० डलरसम्म बढेको छ ।

नेपालीहरूका लागि चार्टर्ड उडानको भाडादर सबैभन्दा सस्तो काठमाडौंबाट गोसाइकुण्डको डेढ लाख रुपैयाँ रहेको छ ।  त्यस्तै सबैभन्दा बढी भाडा काठमाडौं-दार्चुलाको १४ लाख रहेको छ।

त्यस्तै, दुईतर्फी भाडादर काठमाडौं-वीरगंज २ लाख २० हजार, काठमाडौं-जनकपुर ३ लाख, काठमाडौं-ओखलढुंगा २ लाख २० हजार, काठमाडौं-पोखरा ३ लाख ३० हजार, काठमाडौं-फाप्लु ३ लाख, काठमाडौं-खोटाङ ३ लाख, काठमाडौं-मुक्तिनाथ ५ लाख २५ हजार, काठमाडौं-धरान ४ लाख ४० हजार, काठमाडौं-भैरहवा/बुटवल ४ लाख २५ हजार, काठमाडौं-भोजपुर ३ लाख ९० हजार, काठमाडौं-धनगढी ११ लाख, काठमाडौं-रारा ११ लाख, काठमाडौं-डडेलधुरा १२ लाख ७५ हजार र काठमाडौं-सिमीकोट १२ लाख ७५ रुपैयाँ छ ।

कहाँ जान कति लाग्छ भाडा ?

 

फास्ट ट्रयाक अन्तर्गत बकैया नदीमा ८ पुल निर्माण गरिँदै Read Previous

फास्ट ट्रयाक अन्तर्गत बकैया नदीमा ८ पुल निर्माण गरिँदै

३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह Read Next

३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह