फास्ट ट्रयाक अन्तर्गत बकैया नदीमा ८ पुल निर्माण गरिँदै

मकवानपुर । काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा ८ वटा पुल निर्माण हुँदैछ ।

हाल आठ वटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७०.९७७ किलोमिटर लामो छ । सडकमा विभिन्न स्थानमा १२.८८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् ।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।रासस

सेयर लगानीकर्ताले एकैदिन गुमाए सवा २ खर्ब, कारोबारमा भने नयाँ रेकर्ड Read Previous

सेयर लगानीकर्ताले एकैदिन गुमाए सवा २ खर्ब, कारोबारमा भने नयाँ रेकर्ड

बढ्यो हेलिकप्टर भाडा : दार्चुलाको १४ लाख, कुन गन्तव्यको कति ? Read Next

बढ्यो हेलिकप्टर भाडा : दार्चुलाको १४ लाख, कुन गन्तव्यको कति ?