आइपीओकै भाउमा एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर किन्ने अवसर

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले संस्थापक (प्रमोटर) समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले यसअघि जारी गरेको १०० प्रतिशत हकप्रदमध्ये अवितरित उक्त सेयर लिलामी मार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका शंखमूल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

 

चैतको तुलनामा घट्यो बैंकहरूको खराब कर्जा, ८ बैंकको भने ४ प्रतिशत माथि Read Previous

चैतको तुलनामा घट्यो बैंकहरूको खराब कर्जा, ८ बैंकको भने ४ प्रतिशत माथि

चार्जिङ स्टेशन निर्माणलाई प्रोत्साहन गर्दै सरकार, १ करोडसम्म अनुदान दिँदै Read Next

चार्जिङ स्टेशन निर्माणलाई प्रोत्साहन गर्दै सरकार, १ करोडसम्म अनुदान दिँदै