पोखरा उडेको बुद्धको जहाज बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ ।

पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडी जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडैं फर्काइएकाे हो । उक्त जहाज सुरक्षित रूपमा अवतरण गरिसकेको छ ।

उक्त जहाजको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि तुरुन्तै काठमाडौं फकाईएको हो । अहिले प्राविधिकहरूले जहाजको जाँच गरिरहेका छन् ।

उक्त जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको बुद्ध एयरले जनाएको छ ।

खेतान समूहले १ खर्बमा बेच्यो गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर Read Previous

खेतान समूहले १ खर्बमा बेच्यो गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर

वार्षिक लक्ष्य पूरा गर्न अहिलेदेखि काम थाल्न अर्थमन्त्रीको निर्देशन Read Next

वार्षिक लक्ष्य पूरा गर्न अहिलेदेखि काम थाल्न अर्थमन्त्रीको निर्देशन