काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापत्रमा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाशतर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।
कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कूल शाखा संख्या १९९ पुग्नेछ ।