यी हुन् आइपीएलका सबैभन्दा महँगा ५ खेलाडी

काठमाडौं । भारतीय घरेलु क्रिकेट लिग (आइपीएल) को २०२० संस्करणको लागि खेलाडी लिलामी प्रकृया पूरा भएको छ । यस्तोमा लिलामीमा सबैभन्दा महँगो खेलाडी को भयो भन्ने चासो आम क्रिकेट प्रेमीमा हुनु स्वभाविक हो ।

 

हिजो कोलकातामा भएको लिलामी कार्यक्रममा सबैभन्दा महँगोमा अष्ट्रेलियन टिमका पेट कमिन्स बिक्री भएका छन् । पेट कमिन्सलाई कोलकता नाइट राइडर्स (केकेआर) ले १५.५० करोड भारुमा किनेको हो ।

 

त्यसपछि सबैभन्दा मँंगोमा बिक्री हुने खेलाडी अष्ट्रेलियन टिमकै ग्लेन मैक्सवेल भएका छन् । उनलाई किङग्स इलेवन पन्जाब (केएक्सआइपी) ले १०.७५ करोड भारुमा किनेको हो ।

 

यस बाहेक साउथ अफ्रिकी टिमका अलराउन्डर क्रिस मोरिसलाई रोयल च्यालेन्ज बैंगलोर (आरसीबी) ले १० करोड भारुमा खरिद गरेको छ । त्यस्तै वेस्टइन्डीज टिमका खेलाडी रोल्डन कटरेललाई किंग्स इलेवन पन्जाबले ८ करोड ५० लाख भारु तिरेर आफ्नो बनाएको छ ।

 

अहिलेसम्म लिलामीमा सबैभन्दा धेरै रकममा किनिने खेलाडीको पाँचौँ स्थानमा नाथन कुल्टर नाइल रहेका छन् । उनलाई मुम्वई इन्डियनले ८ करोड भारुमा किनको छ ।

कैलासलाई एक्विजिसन गर्न प्राइमले गर्‍यो अन्तिम सम्झौतापत्रमा हस्ताक्षर Read Previous

कैलासलाई एक्विजिसन गर्न प्राइमले गर्‍यो अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

पैसा कमाउने नयाँ धन्दा : निजामतीमा नाम निकाल्दै, वैकल्पिकलाई जागिर बेच्दै Read Next

पैसा कमाउने नयाँ धन्दा : निजामतीमा नाम निकाल्दै, वैकल्पिकलाई जागिर बेच्दै