फेदीखोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड लगानी गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माणाधीन ४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा बैंकले उक्त रकम लगानी गर्ने भएको हो ।

बिहीबार दुई संस्था बीच लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

कुल ९४ करोड लागत रहेको यस आयोजनामा स्वपूँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यही साउन भित्रै कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरी स्वपूँजी ४४ करोडको ३० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) बराबरको आइपीओ निष्काशन गरिनेछ ।

२०८२ असोजभित्र सम्पन्न हुने यस आयोनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ ।

पूर्वाधार निर्माणको काम करिब ३० प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ ।

पर्यटन क्षेत्रमा अफ सिजन, जुलाइमा आए यस वर्षकै कम पर्यटक Read Previous

पर्यटन क्षेत्रमा अफ सिजन, जुलाइमा आए यस वर्षकै कम पर्यटक

थाइ एयर एसियाले भैरहवा विमानस्थलमा नियमित उडान गर्ने Read Next

थाइ एयर एसियाले भैरहवा विमानस्थलमा नियमित उडान गर्ने