थाइ एयर एसियाले भैरहवा विमानस्थलमा नियमित उडान गर्ने

काठमाडौं । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरलाई भैरहवाबाट साताको ४ उडान गर्न अनुमति दिएको हो ।

एयर एसियाले ५ वर्षपछि पुनः नेपालमा उडानका लागि प्राधिकरणसँग अनुमति मागेको थियो । एयरलाइन्सले काठमाडौंमा साताको ७ उडानका लागि अनुमति मागेको थियो । तर, प्राधिकरणले भैरहवा उडान गर्ने शर्तमा मात्रै अनुमति दिने बताएपछि एयर एसिया भैरहवा उडान गर्न तयार भएको हो ।

त्यस्तै, थाइ एयर एसियाले डिसेम्बरदेखि काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि साताको तीन उडानको अनुमति पाएको छ ।

थाइ एयर एसियाको नेपालमा जनरल सेल्स एजेन्ट (जीएसए)को रूपमा युनिभर्सल ट्राभल रहेको छ ।

संचालनमा आएको २ वर्ष बिते पनि भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रि उडान हुन सकेको छैन । यसअघि जजिरा एयरलाइन्सले कुवेत उडान गरे पनि नियमित हुन सकेन ।

फेदीखोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड लगानी गर्ने Read Previous

फेदीखोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड लगानी गर्ने

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह Read Next

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह