पर्यटन क्षेत्रमा अफ सिजन, जुलाइमा आए यस वर्षकै कम पर्यटक

काठमाडौं । वर्षायामसँगै पर्यटन क्षेत्रमा अफ सिजन लागेको छ । सन् २०२४ को जुलाइमा यस वर्षकै कम पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार ६४ हजार ५९९ पर्यटक नेपाल आएका छन् । यो सन् २०२४ को कुनै पनि महिना आएको पर्यटकको सबैभन्दा कम संख्या हो ।

यद्यपि, २०२३ को तुलनामा भने ११.९० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष जुलाइमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका थिए ।

जुलाइमा भारतबाट सबैभन्दा २१ हजार ४९१ पर्यटक नेपाल आएका छन् । यस्तै, यो महिना ८ हजार ८६८ अमेरिकी पर्यटक आएका छन् ।

जुलाइमा तेस्रो धेरै पर्यटक चीनबाट ६ हजार ८१९ जना नेपाल भ्रमणमा आएका छन् भने बंगलादेशबाट ३ हजार ४७० जना आएका छन् ।

सन् २०२४ को ७ महिनामा कुल ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल आएका छन् ।

'चेक बाउन्स' हुँदा मंसिरसम्म मात्रै कालोसूचीमा नपर्ने Read Previous

'चेक बाउन्स' हुँदा मंसिरसम्म मात्रै कालोसूचीमा नपर्ने

फेदीखोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड लगानी गर्ने Read Next

फेदीखोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड लगानी गर्ने