काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगंजमा आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा वेद्यले सो कुरा राखेका हुन् ।
उनले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो, यसको अर्थतन्त्रमा योगदान विषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नुरहेको बताए ।
त्यस्तै, स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएता पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार संगसंगै निजी क्षेत्र र यसका सरोकारवालाको उत्तिकै जिम्मेवारी छन् ।
अन्तरास्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजाना संगको सहकार्यमा मदेश, कर्णाली र सुदुरमश्चिम प्रदेशहरुमा कार्यक्रम गर्दै आरहेको उनले बताए ।
त्यसैगरी, महासंघका केन्द्रीय सदस्य तथा व्यापार समिति सदस्य सुबोध गुप्ताले वीरगंज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बारेमा बताए ।