प्रतिमिनेट १० करोडको सेयर किन्दै लगानीकर्ता

काठमाडौं । लगानीकर्ता सेयर खरिदमा आक्रमक बनेका छन् । बिहीबार सेयर बजार खुलेको १ घण्टामै ६ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १२ बजेसम्म ६ अर्ब २ करोड रुपैयाँको १ करोड ३६ कित्ता बढी सेयर किनबेच भएको छ । यसआधारमा औसतमा प्रतिमिनेट करोड १० करोड रुपैयाँ सेयर किनबेच भएको छ ।

गत असार १७ गतेदेखि निरन्तर उकालो लागेको नेप्से शुक्रबार नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति जारी गरेपछि झनै लय समातेको छ । असार १७ यता नेप्से ७०० भन्दा धेरै अंकले बढेको छ । बुधबार इतिहासकै धेरै २१ अर्ब ९१ करोड रुपैयाँ सेयर किनबेच भएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिबाट संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएको छ । त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । जसकारण सेयर लगानीकर्ता हौसिएका हुन् ।

त्यस्तै, कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।

सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् ।

एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ? Read Previous

एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ?

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : वैद्य Read Next

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : वैद्य