काठमाडौं । तीन कम्पनीको संस्थापक सेयर लिलामीमा आएको छ । हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामीमा आएको हो ।
यी कम्पनीका विद्यमान संस्थापकहरूले आफ्नो नाममा रहेको सेयर लिलामीमार्फत बेच्न लागेका हुन् । ३ कम्पनीको कुल ६ लाख ८ हजार ६७ कित्ता सेयर लिलामीमा आएको हो ।
हिमालयन लाइफको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीमा मात्र आवेदन दिन पाउने छन् ।
इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र कम्पनीकोे केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन बुझाउनुपर्नेछ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता सस्थापक सेयर लिलामीमा आएको छ । नेशनलको सेयरमा आजको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
त्यस्तै, कामना सेवा विकास बैंकको ५१ हजार ५३४ कित्ता संस्थापक सेयर लिलामीमा आएको हो । इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा, काठमडाौंमा आवेदन दिनुपर्नेछ ।
तोकिएको मिति भित्र हालका संस्थापक सेयरधनीहरूले आवेदन नदिए त्यसपछि सर्वसाधरणका लागि बिक्री खुला गरिनेछ ।