काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ बन्दमुखी योजनाहरुले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
एनआइसी एशिया क्यापिटल सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले प्रतिफल घोषणा गरेको हो ।
एनआइसी एशिया सेलेक्ट ३० ले इकाईधनीलाई करसहित १४ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत प्रतिफल घोषणा गरेको छ ।
त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्डले ९.५ प्रतिशत र एनआइसी एशिया ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
यी फण्डहरुको कोष प्रबद्र्धक एनआइसी एशिया बैंक लिमिटेड रहेको छ।