
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत कायम राखिएको छ । यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य १६८ रुपैयाँँ रहेकामा अहिले मूल्य घटेर १६७ रुपैयाँँ कायम गरिएको छ ।
यसैगरी दोस्रो वर्गको १७० रुपैयाँँ मूल्य रहेकामा घटेर १६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १७१ रुपैयाँँ रहेकामा घटेर १७० रुपैयाँँ रहेको निगमले जानकारी दिएको छ ।
डिजेल र मट्टितेलको पनि पहिलो वर्गको १५७ रुपैयाँँ रहेकामा घटेर १५५ रुपैयाँँ पुगेको छ । यसैगरी दोस्रो वर्गको १५९ रुपैयाँँ रहेकामा घटेर १५७ रुपैयाँँ पुगेको छ भने तेस्रो वर्गको १६० रुपैयाँँ रहेकामा घटेर १५८ रुपैयाँँ पुगेको निगमले जानकारी दिएको छ ।
निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्ग अन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन् ।