आत्मनिर्भर लघुवित्तको नाफामा भारी गिरावट, खराब कर्जा १३ प्रतिशत नाघ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७१.२६ प्रतिशतले घटेको हो ।

लघुवित्तले गत आवको असार मसान्तसम्ममा १ करोड ३९ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आव २०८०/८० को तुलनामा ३ करोड ४७ लाख रुपैयाँ धेरै हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म ४ लाख ८६ हजारु रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन नाफा घट्दा र खराब कर्जा ह्वात्तै बढ्दा नाफामा भारी गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेर १२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ करोड ३८ लाख रुपैयाँ संचालन मुनाफामा रहेको लघुवित्तको गत वर्ष यस्तो नाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८६ करोड १५ लाख रुपैयाँ निक्षेप र १४ करोड ८१ लाख रुपैयाँ सापटी लिई कुल १ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा १९ करोड ८७ लाख रुपैयाँ संचित छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७७.९७ रुपैयाँबाट घटेर २०.३७ रुपैयाँ  झरेकाे छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशतमा झरेको छ ।

प्रभु बैंकका ग्राहकले र्‍याडिसन होटलमा छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले र्‍याडिसन होटलमा छुट पाउने

बाढीले ईखुवा जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता Read Next

बाढीले ईखुवा जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता