प्रभु बैंकका ग्राहकले र्‍याडिसन होटलमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले लाजिम्पाटस्थित  र्‍याडिसन होटलमा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटल बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा होटलका तर्फबाट  निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङानाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरू मध्ये खाना, पेस्ट्री सप, ट्रयानक्युलिटी स्पाका साथै र्‍याडिसनले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरूमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रभु बैंकले हाल देशभरका ३१३ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मा मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

यस्ता छन् प्रधानमन्त्रीले सचिवहरूलाई दिएका २६ निर्देशन Read Previous

यस्ता छन् प्रधानमन्त्रीले सचिवहरूलाई दिएका २६ निर्देशन

आत्मनिर्भर लघुवित्तको नाफामा भारी गिरावट, खराब कर्जा १३ प्रतिशत नाघ्यो Read Next

आत्मनिर्भर लघुवित्तको नाफामा भारी गिरावट, खराब कर्जा १३ प्रतिशत नाघ्यो