पाटा नेपाल च्याप्टरको नयाँ कार्यसमिति चयन

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न सभाले विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

 

नव निर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष टङकनिधि दाहाल (नेपाल वायुसेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।

 

त्यसैगरी, कार्यसमितिमा ४ पदेन सदस्यहरुमा क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजन पोखरेल (नागरिक उड्यन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायुसेवा निगम), र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) रहेका छन् ।

 

यस्तै, सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपाल भ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन ।

 

 

पाटा नेपालले कार्यसमितिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्त माथेमा-एसडियू ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) रहेका छन् ।

केएल दुगड समूहको उत्पादन ज्ञान भुजा नेपाली बजारमा Read Previous

केएल दुगड समूहको उत्पादन ज्ञान भुजा नेपाली बजारमा

अष्ट्रेलियाका पैट कमिन्स बने आइपीएल इतिहासकै महंगा खेलाडी Read Next

अष्ट्रेलियाका पैट कमिन्स बने आइपीएल इतिहासकै महंगा खेलाडी