केएल दुगड समूहको उत्पादन ज्ञान भुजा नेपाली बजारमा

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ ।

 

दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलबाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी वैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ ।

 

ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्तामाझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

 

उत्कृष्ट खाद्यपदार्थ उत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा मिल उत्कृष्ट उद्योगको रुपमा सम्मानित भइसकेको छ ।

 

ज्ञान भुजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ ।

 

विकास फ्लोर मिलले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराउँदै आएको छ ।

सेयरमा लागनी गर्न सिकाउने खेल ‘सेयर खेलाडी’ सार्वजनिक Read Previous

सेयरमा लागनी गर्न सिकाउने खेल ‘सेयर खेलाडी’ सार्वजनिक

पाटा नेपाल च्याप्टरको नयाँ कार्यसमिति चयन Read Next

पाटा नेपाल च्याप्टरको नयाँ कार्यसमिति चयन