काठमाडौं । इन्डिएन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अष्ट्रेलियाका फास्ट बलर पैट कमिन्स इतिहासकै सबैभन्दा महंगा विदेशी खेलाडी बनेका छन् ।
सन् २०२० को आइपीएल संस्करणका लागि उनलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले १५ करोड ५० लाख भारतीय रुपैयाँमा आफ्नो टिममा भित्र्याएको हो ।
जारी अक्सनमा अष्ट्रेलियन अलराउन्डर ग्लेन मैक्सवेललाई किङ्स इलाभेन पञ्जावले १० करोड ७५ लाखमा किनेको छ । दक्षिण अफ्रिकाका क्रिस मोरिस रोयल च्यालेन्जर्स बेंग्लोरमा १० करोड भारुमा आबद्ध भएका छन्।
साम कुरानलाई चेन्नइले ५.५० करोड भारुमा आबद्ध गर्दा क्रिस वोक्सलाई दिल्ली क्यापिटल्सले १ करोड ५० लाख भारुमा खरिद गरिको छ।आरोन फिन्च बैंग्लोरमा ४.४० करोड भारु तथा जासन रोए दिल्लीमा एक करोड ५० लाख भारुमा बिक्री भएका छन्।
तीव्र गतिका बलर डेल स्टेन, मोहित शर्मा, शाइ होप, कुशल परेरा, नमन ओझा, मुस्फिकर रहिम बिक्री भएका छैनन्।अहिले पनि आइपीएल अक्सन जारी छ ।